के हो Lintel & Sill band अनि घर बनाउदा यसको आवसक्त्या किन ??


घर हरुमा Lintel Band र Sill Band २०७२ को भूकम्प पश्चात किन Compulsory गरियो??के यसले घर लाई भूकम्प प्रतिरोधी बनाउछ त?? यस्तै प्रस्न तपाई को मनमा पनि उब्जिएको छ भने एक पटक अवब्स्य पढ्नुहोस् ।


के हो Lintel & Sill band अनि घर बनाउदा  यसको आवसक्त्या किन ??

Written by Sudip Ghimire on 29 Aug 2020 | Views: 5137


नेपाल सरकार अन्तर्गतको भवन बिभागले २०७२ सालको महाभूकम्पले नेपालका अधिकाम्स घरहरुमा क्षति पुराए पछि भवन निर्माण मापदण्ड लाई परिमार्जित गर्दै नया मापदण्ड ल्याएको छ जस मा नया बन्ने घरहरुमा Lintel Band र Sill Band लाई अनिवार्य गराएको छ । पहिला यो Lintel Band र Sill Band भनेको के हो भन्ने बारेमा नै चर्चा गरौ ।

  1. Lintel Band :- यो एउटा बन्दन हो जुन ढोका अथवा झ्यालको माथि राखिन्छ जसको मोटाइ ३’’ अर्थात् ७५mm को हुने गर्दछ जस ले झ्याल र ढोका भन्दा माथिको Unsupported wall लाई समर्थन दिने कम गर्दछ जुन चारै तिर wall मा फैलिएको हुन्छ । यस Band ले wall को unsupported उचाई लाई पनि कम गर्दछ र wall को stability improve गर्दछ । यो Band प्लिन्थ सतह देखि ७ फीट को उचाई मा हुने गर्दछ ।
  2. Sill Band :-   यो एउटा बन्दन हो जुन झ्यालको तल राखिन्छ जसको मोटाइ ३’’ अर्थात् ७५mm को हुने गर्दछ जस ले झ्यालको frame र lintel band भन्दा तलको wall लाई support दिने कम गर्दछ जुन ढोका भएको ठाउँ मा हुदैन । यो Band प्लिन्थ सतह देखि २’-६’’ अथवा ३ फीट को उचाई मा हुने गर्दछ ।

अब यसलाई किन नया घर बनाउदा Compulsory गरियो भन्ने कुरा गरौ । २०७२ साल भन्दा अगाडी बनेका घरहरु मा यस्ता band हरु हुदैन थिए जस ले गर्दा २०७२ साल को महाभूकम्पमा धेरै घरहरु क्षति भए यदि घर हरु मा band हुन्थ्यो भने घरहरु तेती मात्रा मा क्षति हुदैन थिए र क्षति भै हाले पनि ठुलो मात्रा मा हुदैन थिए । lintel band र sill band भएका घरहरु मा भूकम्प ले धक्का दिदा क्षति भै हाले पनि २ ओटा band बीचको केहि मात्रामा brick wall मात्रै भत्किन जान्छ जस बाट जनधनको क्षतिमा कमि आउछ र घर को wall ढल्न गए पनि झ्याल ढोका band को कारण ले केहि नहुने हुनाले क्षति पश्चात पुननिर्माण गर्न पनि सजिलो र कम खर्चिलो हुने गर्दछ ।यहि कुरा हरु लाई मध्यनजर गर्दै नेपाल सरकार भवन बिभागले सम्पूर्ण नया बन्ने घरहरुमा Lintel Band र Sill Band लाई अनिबार्य गराएको छ । 

तशर्थ तपाई पनि घर बनाउदै हुनुन्छ भने सचेत रहनु होला यो कुरा मा । सामान्यतया ठेकदार ले सके सम्म नराख्न खोज्क्ष  Lintel Band र Sill Band हजुर को घर बनाउदा तेसै ले ठेकदार लाई पनि राख्न भन्नु होला यो हाम्रै लागि हो । । । । 

Stories Suggestion:
घर बनाउदा soil test गर्नु पर्छ कि पर्दैन ?

तपाई लाई इन्जिनियरले केको आधार मा नक्सा बनाएर दिन्छ ? के उसले बनाएको नक्सा तपाई को ठाउँ(Soil) लाई suitable छ त ?? कतै उसले गरेको तपाई को घर को design failure त हुने हैन ?? कतै soil test गरेर मात्रा Design गर्नु पर्ने होकी ??

Written By: Sudip Ghimire

Workability of Concrete !!!!!

Definition, factors affecting, methods to improve the workability of concrete and test of workability.

Written By: Sudip Ghimire

Municipality Norms you should know before you build your house.

Municipality Norms you should know before you build your house...

Written By: Sudip Ghimire

View All Stories

Contact Us

Feel free to contact us for any kind of Architecture,Engineering, Construction, Planning, Interior, Estimation, Valuation work in Nepal.

Contact Details


Address
Gwarko mini bazar
Gwarko, Lalitpur

Email
grihaprabesh.designs@gmail.com

Phone
984-0061834
01-5007580