बदलिँदो दुनियामा सिमेन्ट हरेक भौतिक संरचना निर्माणमा नभई नहुने वस्तु बनेको छ । सिमेन्टको प्रयोगबिना भौतिक संरचना निर्माण सोच्न पनि सकिँदैन ।
Written by Sudip Ghimire on 02 Sep 2020 | Views: 3030
सिमेन्ट भनेको ‘केमिकल ब्लाइन्डर’ हो । सिमेन्टले डन्डी, गिट्टी र बालुवालाई बलियोसँग जोड्ने काम गर्छ । सबैभन्दा बढी प्रयोगमा आउने सिमेन्ट ओपीसी र पीपीसी हो । पिल्लर, बिम र ढलानमा ओपीसी प्रयोग भइरहेको छ भने प्लास्टर र गारो लगाउन पीपीसी प्रयोग गरिन्छ ।
ओपीसी सिमेन्ट :-
अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) साधारण चुनढुंगाबाट बनेको सिमेन्ट हो । चुन ढुंगालाई १४ सय डिग्री सेन्टिग्रेटमा पकाएर त्यसमा विभिन्न पदार्थ मिसाएर क्लिकंर बनाइन्छ । ओपीसीमा क्लिंकरको मात्रा बढी प्रयोग गरिन्छ । क्लिंकरमा अधिकतम पाँच प्रतिशत जिप्सम पदार्थ मिसाएर ओपीसी बनाइन्छ । ओपीसीमा क्लिंकरको मात्रा बढी हुने भएकोले छिट्टै सेट हुन्छ । ओपीसी पनि तीन थरीका हुन्छ, ३३ ग्रेड, ४३ ग्रेड र ५३ ग्रेड । यी तीन थरी सिमेन्टका आ–आफ्नै उपयोगिता छन् । ३३ ग्रेडको साधारण ओपीसी हो । स्ट्रक्चर बनाउँदा सबैभन्दा बढी ४३ ग्रेडको सिमेन्ट प्रयोग भइरहेको छ । भवन बनाउँदा ४३ ग्रेडकै सिमेन्ट प्रयोग गरिन्छ । अग्ला हाईराइज भवन, टावर, जलविद्युतका ड्याम बनाउँदा ५३ ग्रेड र ४३ ग्रेडको दुबै सिमेन्ट प्रयोग गरिन्छ । नेपालमा ठूला निर्माणमा ४३ ग्रेडको सिमेन्टले काम नगर्ने भन्ने होइन, बढीजसो ५३ ग्रेडको सिमेन्टलाई बढी प्राथमिकता दिन थालिएको छ ।
पीपीसी सिमेन्ट :-
पुजोलोना पोर्टल्यान्ड सिमेन्ट (पीपीसी) कोइलाबाट निस्केको खरानी÷धुलो (पुजोलोना)मा क्लिंकर मिसाएर बनाइन्छ । यो सिमेन्ट बनाउँदा ७० प्रतिशत क्लिंकर, २५ प्रतिशतजति पुजोलोना र पाँच प्रतिशत हाराहारी जिप्सम प्रयोग गरिन्छ । क्लिंकरको मात्रा कम हुने भएकोले पीपीसी सेट हुन अलि समय लाग्छ ।यो पनि आफैमा नराम्रो सिमेन्ट होइन । तर, नेपालमा प्रायः प्लास्टर र गारो लगाउन पीपीसी प्रयोग भइरहेको छ । पीपीसी सिमेन्टको प्रयोग गरेर स्ट्रक्चरै बनाउन मिल्दैन भन्ने होइन । यदि स्ट्रक्चरको डिजाइन गर्दा पीपीसीले ढलान गर्न मिल्ने खालको बनाएमा प्रयोग गर्न सकिन्छ ।
कहिलेसम्म प्रयोग गर्न सकिन्छ ?
सिमेन्ट कसरी भण्डारण गरिएको छ भन्ने कुराले यसको प्रयोग गर्न मिल्ने आयु निर्धारण हुन्छ । राम्रोसँग भण्डारण गरेको सिमेन्ट उत्पादन मितिले तीन महिनासम्म प्रयोग गर्न सकिन्छ ।
भण्डारण गर्ने तरिका
सिमेन्ट भण्डारण गर्दा निकै होसियारी अपनाउनुपर्छ । सिमेन्टले ओस पटक्कै मन पराउँदैन । सिमेन्टलाई खुला ठाउँ वा ओसिलो ठाउँमा राख्यो भने डल्ला पर्छ । डल्ला परेको सिमेन्टले राम्रोसँग काम गर्दैन । ओसिलो ठाउँमा राख्यो भने सिमेन्ट एकै दिनमा पनि बिग्रिन सक्छ ।
तर, सिमेन्टलाई सुक्खा बन्द कोठाभित्र, पानी र हावा नछिर्ने गरी त्रिपालले छोपेर राख्नुभयो भने तीन महिनासम्म पनि प्रयोग गर्न सकिन्छ ।
Municipality Norms you should know before you build your house.Municipality Norms you should know before you build your house...
के तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ??यदि तपाई घर बनाउने सोच गर्दै हुनुहुन्छ भने निम्नलिखित कुरामा ध्यानदिनुहोस नत्र पछुताउनुपर्ला | | | | |
घर बनाउदा soil test गर्नु पर्छ कि पर्दैन ?तपाई लाई इन्जिनियरले केको आधार मा नक्सा बनाएर दिन्छ ? के उसले बनाएको नक्सा तपाई को ठाउँ(Soil) लाई suitable छ त ?? कतै उसले गरेको तपाई को घर को design failure त हुने हैन ?? कतै soil test गरेर मात्रा Design गर्नु पर्ने होकी ??
Address
Gwarko mini bazar
Gwarko, Lalitpur
Email
grihaprabesh.designs@gmail.com
Phone
984-0061834
01-5007580